SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२२ गते
    ६६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् ।

    आइतबार सर्वोच्चका न्यायाधीशद्धय कुमार चुडाल र अनिलकुमार सिन्हाको संयुक्त इजलासले योगराज पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै तत्कालिन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल,बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लिलामणि पौडेलमाथि आवश्यक छानविन गर्न आदेश दिएपछि भट्टराईले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    भट्टराईले जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढंगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने आफ्नो आजीवन मान्यता रहेकोसमेत बताएका छन् ।

    उनले लेखेका छन् ‘ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढॅगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ। ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानवीन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ’।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम

    पोखरा ।दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगिताको उपाधि गन्नी...

    ८ किलो बिउबाट कञ्चनपुरका किसानले १२ क्विन्टल आलु फलाए

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन्...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं