SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२१ गते
    २४० &#२३४६;&#२३३५;&#२३२५;

    चितवन। जिल्लामा आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ ।

    आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको सूचनामा जनाईएको छ ।महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ । यस्तैं, रत्ननगर नगरपालिकाले सबै विद्यालयहरुलाई साउन २२ देखि २४ गतेसम्म बन्द गर्न सूचना जारी गरेको छ ।

    नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले आज एक सूचना जारी गरी सबै संस्थागत विद्यालयहरुमा ३ दिन विद्यालय बन्द भनेका छन् ।साथैं पालिकाले विद्यालयहरुलाई बन्दको सूचना जारी गर्नु अघि सचेतना सम्वन्धी कार्यक्रम गर्न पनि भनेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले यसअघि नै साउन २१ र २२ गते विद्यालय बन्द गर्ने सूचना जारी गरिसकेको छ ।

    हेर्नुहोस् पत्र :

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं