SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२१ गते
    ३४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पार्टी नयाँ ढंगले सशक्त भएर अगाडि बढ्ने दाबी गरेका छन् ।हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय समितिको जारी बैठकले पार्टीलाई नयाँ जीवन दिने बताएका हुन् ।

    ‘बैठकको प्रारम्भमा नै अध्यक्ष प्रचण्डले यो बैठक माओवादीको जीवनमा नै एउटा चुनौति चुनौति हो । भयानक चुनौतिको रुपमा छ । पार्टी विघटनतिर जाने या नयाँ निर्माण भएर जाने संघारमा हामी छौं भन्नु भएको छ । हुन त सधैंभरी नै राजनीतिक जीवनमा चुनौति आइनै राख्छ । अहिले हाम्रो केन्द्रीय समितिमा चार दिनसम्म भएको वहसबाट प्राप्त भएको उर्जाको आधारमा माओवादी नयाँ आधारमा सशक्त भएर जान्छ,’– उनले भने ।

    माओवादीमा अहिले प्रचण्डको विकल्पमा कोही नेता तयार भइनसकेको उनको दाबी छ । प्रचण्डले अहिले नेताहरुलाई परीक्षण र मूलाङ्कन गरिरहेको बताउँदै उनले कोही नेता आफूभन्दा अब्बल लाखेको खण्डमा प्रचण्डले उसैलाई नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अहिले प्रचण्डकै नेतृत्वमा जान्छ । प्रचण्डलाई उछिन्ने गरी तयार हुनपर्यो नि त । पार्टीमा नेताहरु हुनुहुन्छ तर अहिले प्रचण्डभन्दा डानामिक तरिकाले लिड गरेर अगाडि जानसक्छु म भन्ने अहिले तयारी भइसकेको छैन ।’ दुलालले भने, ‘उहाँले उत्तराधिकारी तोक्नुहुन्न । उहाँले परीक्षण गरिराख्नु भएको छ । नेतृत्वको मूल्याङ्कन गरिराख्नु भएको छ । आफूभन्दा अरुले जुन दिन बढी गर्नसक्छन् जस्तो लाग्छ त्यो दिन उहाँले छोड्नुहुन्छ ।’

    उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले अध्यक्षको विरोध नगरेको उनले दाबी गरे । ‘उहाँहरुले अध्यक्षलाई मान्छौं भन्नु भएको छ । उहाँहरुले हामीमध्ये को हो भनेर निर्णय गर्दिन पर्यो भनेर उहाँहरुले राख्नुभयो । अहिले प्रचण्डलाई आफैं गर्नसक्छु जस्तो लागेको छ,’– उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं