SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१७ गते
    ३०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद बैठक चलाउन नमानेको आरोप लगाएका छन् ।बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारले सांसदहरुले प्रश्न उठ्छ भनेर सभामुखलाई दबाब दिएर बैठक स्थगित गर्न लगाएको दाबी गरे । उहाँहरुले संसदमा आवाज उठछ भनेर अस्तिका दिन संसद चल्न दिनुभएन । हामीले संसद चलाऔं भनेका छौं, सांसदहरु बोल्नुहुन्छ, आवाजहरु उठाउनुहुन्छ, जनताको भनाइ भन्नुहुन्छ । सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर’, ओलीले भने ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्न्विटल सुन तस्करी भएको प्रकरणमा नेकपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । १० साउनको बैठकमा समिति गठनको माग गरेर एमालेले संसद अवरोध गरेको थियो । त्यसपछि १५ र १६ साउनमा बोलाएको बैठक पनि बस्न सकेन । एमाले अध्यक्ष ओलीले भने ती बैठक आफूहरुको कारण नभई सत्तापक्षकै कारण बस्न नसकेको दाबी गरे । मंगलबार पनि सत्तापक्षले सांसदहरुलाई बोल्न नदिने, सिधै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने प्रस्ताव गरेपछि आफूहरुले नमानेको ओलीले दाबी गरे । ‘हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरु बोल्न दिन तयार हुनुभएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन । जो अनेक प्रकारका नचाँहिदा बकवास अरुमाथि लाञ्छित, आरोपित गरेर हिँड्छ । उसले भाषण गर्ने रे । अनि, सांसदहरुले बोल्न नपाउने रे’, ओलीले भने ।

    एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा सरकारले गरेको अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको बताए । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ । ‘प्रधानमन्त्रीजी भन्नुहुन्छ– म छानबिन गरिराखेको छु, गर्न दिनुस् न । हामीलाई छानबिन गर्न किन नदिने ? गर्नुस् न तपाईहरु छानबिन । तर तपाईहरुको छानबिन, तपाईहरुको सरकार सञ्चालन भरपर्दो भएन । तपाईहरुले भन्सार नियन्त्रण पनि गर्न सक्नुभएन, छेक्न सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईंहरुले देख्नुभएन । अनि तपाईहरुबाट के छानबिन हुन्छ’ ओलीले भने ।ओलीले उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकारले गरिरहेको अनुसन्धान रोक्नु नपर्ने पनि बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं