SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१५ गते
    ३२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ ।सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा सदस्यको बैठक बस्दैछ । उक्त बैठकमा सभामुखले रायमाझी निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका रायमाझी पूर्पक्षका लागि थुनामा छन् ।

    प्रतिनिधि सभा नियमावलीको नियम २४८ मा सांसदको पक्राउ सम्बन्धी जानकारी गराउने व्यवस्था छ । कुनै सांसद पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछन् । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा भने निलम्बनमा पर्ने व्यवस्था छ ।

    थुनामा रहेको अवधिभर निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने प्रावधान नियमावलीको नियम २४८ (३) मा छ । ३१ वैशाख २०८० मा रायमाझी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले रायमाझी सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई १ असार २०९० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं