SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/११ गते
    ३०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताए । ‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ खान्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिन भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सम्मानित सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । तर, त्यसो भएको छैन्,’ दाहालले भने ।

    साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरएपिछि एक सय किलो सुन राजश्व अनुसन्धानले बरामद गरेको थियो । उक्त घटनाको विषयलाई लिएर भोलिपल्ट साउन ४ गतेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले विमानस्थलको सुरक्षामा प्रश्न उठाएका थिए । त्यही दिन गृहमन्त्रीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिनुपर्नेमा नदिएर नैतिकता नदेखाएको नेता दाहालको टिप्पणी छ । ‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना होला र ? त्यसैले अब यो नैतिकताको विषय रहृयो र ? ३ गते राजीनामा दिएको भए हुन्थ्यो । अब यो गृहमन्त्री, अर्थमन्त्री र लगातका विमानस्थलको सम्पुर्ण सुरक्षा संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब गृहमन्त्री अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाइ छ,’ राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता दाहालले भने ।

    अवैध सुन आयात प्रकरणका सम्बन्धमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको पनि उनले बताए । छानबिन समिति संसदीय समिति पनि हुन सक्छ वा संसद बाहिर पनि हुन सक्ने उनको भनाइ छ । संसदीय छानबिन समिति बनाउने भए राष्ट्रिय सभाका सदस्यहरुको समेत सहभागिता हुनुपर्नेमा उनको जोड छ । संसद बाहिर भए सरकार र राजनीतिक दलहरु समेत सहभागि हुने गरी बनाउनुपर्ने नेता दाहालको माग छ । सरकारले गर्ने छानबिनमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।

    साथसाथै नेता दाहालले कुनै टार र कोटलाई छाडिन्न भन्ने अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री श्रेष्ठको आलोचना पनि गरे । ‘हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिंदा थाहा नपाउने सरकार खासगरी गृहमन्त्री माथि गम्भीर प्रश्न उठेको छ,’ उनी भन्छन्, ‘तर आफूले कुनै जवाफदेहिता लिन नपर्ने जस्तो गरी गृहमन्त्री निकै चुर्तिफुर्तिका साथ विमानस्थल जानु हुन्छ र कुनै टार कुनै कोटलाई छाडिंदैन भनेर मन्तव्य दिनुहुन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं