SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१० गते
    ५९९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।

    ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्‍यौं नि भन्ने काम नहोस्’ उनले भने, ‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’

    नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताए । ‘अरु देशले सूचना दिएपछि पक्राउ गरेको हो’ उनले भने, ‘ बाह्य दबाब र सूचनाका आधारमा कसैलाई देखाउनका लागि मात्र सुन पक्राउ गरेको हो ।’

    विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्‍याउनुपर्ने बताए ।‘भुटानी शरणार्थी, ललिता निवास प्रकरण र यी विषयमा जरासम्म पुग्नुपर्छ तर सरकार जरासम्म पुग्न तयार छैन’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं