SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/८ गते
    ३६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उनले बताए ।

    सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण सुन समातिएको दाबी गर्दै उनले त्यो आफूले गरेको पत्रकार सम्मेलनमा पटक-पटक दोहोर्‍याए । ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ,’ अर्थमन्त्री महतले थपे, ‘सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’

    उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने पनि बताए । सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने पनि उनले बताए ।राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको अर्थमन्त्री महतको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं