SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/४ गते
    १११६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। कलाकार रमेश सार्थकको “घुमाउने घर खरले छाको छ” बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । जसमा शब्द प्रकाश पौडेल को भने लय खेम पुनको रहेको छ।
    आवाजमा रमेश सार्थक र शान्ति लक्ष्मी दाहाल को रहेको हो।
    भिडियो तर्फ हिमानी थापा र गोबिन्द न्यौपानेको अभिनय रहेको देख्न सकिन्छ ।गीतलाई लाई टिकाराम आचार्य ले खिचेका हुन भने गायक बिग्यान न्यौपाने को आधिकारिक youtube chanel – Bigyan Neupane मार्फत विश्वभर सार्बजनिक गरिएको हो ।

    बिगत बर्षौ देखि कलाकारिता मा सक्रिय सार्थक को यो चौँथो सिर्जना हो । गाउँघर तिर प्रयोग हुने मौलिक शब्द बोकेको गितमा रमेश सार्थकको बलियो आवाज जोडिएको हो। जसको शब्द भाकामा मिठासपन छरिएको गीतमा दर्शक माझ लोकप्रिय बनिरहेको छ।

    कलाकार रमेश सार्थक बागलुङमा जन्म लिई गीत संगीतको क्षेत्रमा उक्लिरहेका छन्। अहिले हाम्रो समाजले लोक तथा दोहोरी बढी रुचाउने भएकाले त्यस तर्फ ध्यान दिदै छु,’ उनी भन्छन् , ‘मलाई एउटा राम्रो र सफल गायक बन्नु छ । गित र संगीत बाट नै समाज परिवर्तन हुन सक्छ ´ भन्ने उनको भनाई छ।

    आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढ्ने सोचकै कारण आज सार्थकलाई धेरैले गायकको रुपमा चिन्ने गरेको र आम दर्शकको मन मुटुमा बस्न सफल हुन चाहेका छन्।
    उक्त गीतको भिडियोमा गाँउमा घर भएको केटा सहरमा जन्मिएकी केटि सँग मायाँ प्रेम मा परेपछि, बिहे गरेर गाँउमा लगिसकेपछी घर धन्दा साथै आगामी जिबनयापन गर्दा आँउने उतार चढाबहरुलाई दर्शाउन गीतमा खोजिएको छ ।अहिले उनको नयाँ गीत हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं