SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१४ गते
    ३६८ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताए । राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिनुनै पर्ने आङ्बोले बताए । आफूले सहज वातावरण बनाएर सरकारबाट बाहिरिएको पनि उनले दाबी गरे ।

    ‘जुन गठबन्धनले साथ दिएर त्यो सरकार बनेको छ । त्यो गठबन्धनले नयाँ राजनीतिक कोर्स सुरुवात गर्न आग्रह गरेपछि स्वभाविक रुपमा हामी त्यो आग्रहबाट बाहिर जान सक्दैनथ्यौं’ उनले भने । नेता आङ्बोले कोशी नामकरणको विपक्षमा रहेकाहरुको माग सम्बोधनका लागि नाममा पुनर्विचार गर्नुपर्ने बताए । उनले एमालेको व्यवहार र कार्यशैलीका कारण पनि सहकार्य टुटेको दाबी गरे । फेरि पनि सहकार्य गर्न सकिने बताउँदै उनले तत्कालका लागि भने एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसकिने खुलाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं