काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालतमा पेश गर्दैछ । त्यसको तयारी स्वरुप बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको हो । अब उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिने प्रहरीले जनाएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआईबीको हिरासतमा छन् ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/१३ गते
मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न
पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...
राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई
पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...
जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न
पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...
हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक
काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...
- हजारौ दर्शक बिच जब लोकदोहोरी गायक अखेलीले भिर्ने झोलामा भन्दै गित गाए,सडक महोत्सवको महोल नै फेरियो
- पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण
- विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न
- वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग
- लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
- विन्ध्यवासिनी माविमा रक्तदान हुने
- कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै
- खाना पकाउने ग्याँस आगलागी हुँदा पर्वतको पिपलटारीमा एकको मृत्यु
- पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया
- देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान