SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१६ गते
    ५५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।

    ‘यसपालिको बजेटमा पनि दीप स्थाने दीपम् पिण्ड स्थाने पिण्डम् भन्याजस्तो परम्परालाई निरन्तरता दिइएको छ । अर्थतन्त्रमा अलिकति संकट आएको भन्ने अनुभूति दिन साधारण खर्च घटाउने प्रयास गरेको छ ।

    तर यसो गर्दा साधारण खर्चमा कति असर गर्छ भन्ने आएको छैन । प्रधानमन्त्री, मन्त्री र सांसदले १० प्रतिशत तलब कम लिन्छु भनेको भए सिम्बोलिक म्यासेज जान्थ्यो ।

    त्यस्तो केही पनि छैन । कर्मचारीलाई भत्ता नदिने, आफू मात्र लिने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    डा. लोहनीले अर्थतन्त्र संकटमा भएको बेला सांसद विकास कोष ब्युँताउनु दुःखद भएको पनि औंल्याए । उनले थपे, ‘यो बजेट कस्मेटिक खालको देखियो । एकातिर खर्च घटाउने भनिएको छ, अर्कातिर सांसद विकास कोष ब्युँताइएको छ ।

    संसद विकास कोष भनेको राजनीतिक कार्यक्रममा खर्च गर्ने पैसा हो । राजस्व आम्दानीलाई गति दिनुपरेको परिप्रेक्ष्यमा एक वर्षका लागि त्यो कोष रोकेको भए सरकार संकट समाधानमा लागेको सन्देश जान्थ्यो ।’

    विश्व आर्थिक मन्दीका कारण नभई मुलुकमा आन्तरिक कारण आर्थिक संकट आएको डा. लोहनीले बताए । उनले शिक्षा, स्वास्थ्य, कृषिको बजेट बढाउने कुरा हरेक वर्ष भनिए पनि लागु हुन नसकेको औंल्याए । उनले थपे, ‘हरेक वर्ष १०–१० प्रतिशत विकास खर्च बढाउँछौं भनिँदै आएको छ । तर त्यस्तो संकेत त केही देखिँदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं