SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२१ गते
    ३०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनपछि पुराना दलहरू सक्किने कि सच्चिने भन्ने प्रश्न उठेको स्वीकार गरेका छन्।  बिहीबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पुराना दल सक्किन नहुने बरू सच्चिनुपर्ने बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले नयाँ दलहरूले पनि धेरै घमन्ड गर्न नहुने बताए।  ‘पुराना दलहरू सक्किनु हुँदैन, सच्चिनुपर्छ,’ उनले भने, ‘नयाँ दलहरू पनि घमन्डले धेरै फुरूङ्ग हुने होइन।’  अध्यक्ष नेपालले नयाँ दलहरूले आफ्नो समस्टीगत दृष्टिकोण विकास गर्नुपर्ने बताए।  ‘देशलाई अगाडी बढाउने भन्नेमा सोच्नुपर्छ, विकृतिको जालोमा आफु नफस्ने, समग्र देशको विकासका लागि परियोजना, योजना आफ्नो दिमागमा राख्नुपर्छ,’ उनले भने। अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्रको हालत दयनीय भएको बताउँदै यसलाई माथि उकास्न नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए।

    अनावश्यक सेवासुविधा कटौती गरेर, उत्पादन बढाएर अर्थतन्त्रको अवस्था सुधार गर्न सकिने र यसबारेमा प्रधानमन्त्रीसँग पनि छलफल गरिरहेको उनले बताए।  अर्थतन्त्रको अवस्था संकटग्रस्त रहेको बेला अयोग्य लडाकुलाई सरकारले २ लाखका दरले पैसा दिने कुरा अनुचित रहेको पनि बताए।  उनले सुदूरपश्चिम सरकारलाई पुर्णता दिने विषयमा समय मिलाएर टुंगो लगाइने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं