उदय अतीत । बर्षौ बर्ष सम्म लोकगीतमा रमाउदै आउँनु भएकी स्याङ्जा वालिङ् घर भई हाल युरोपलाई कर्मथलो बनाउनु भएकी कला पङ्गेनीले पछिल्लो समयमा “कलेजी छेउ खायो” नामक एल्बम आफ्नै अफिसियल युटुब च्यानल बाट सार्वजनिक गर्नु भएको छ।
जसमा लोक चर्चित गायक पशुपती सर्मा कला पङ्गेनी र अनु पराजुलीको स्वर रहेको छ। कलाले यहाँ भन्दा पहिला धेरै चर्चित गित हरु बजारमा ल्याई सक्नु भएको छ जसमध्ये पशुपति सर्मा र कला पङ्गेनीको स्वरमा रहेको “जोगाउनु छ कालापानि” गित दुई करोड आठ लाख बढि व्यक्तिको रोजाईमा पर्न सफल भएको थियो।
अहिलेको कलेजी छेउ खायो गित माया प्रेममा आधारीत रहेर बनाईएको पाईएको छ। यस गितको शब्द सर्जक सुरज पुनको रहेको छ।