SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२२ गते
    ३२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

    श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए । कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् ।

    नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल (कांग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं