SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१८ गते
    २८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए ।

    उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्नेकुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नेकुरा, राष्ट्रिय हीतको प्रवर्द्धन गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ’ उनले भने, ‘संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं