SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२५ गते
    १०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् । उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

    दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछिन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं