SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२४ गते
    ७१ &#२३४६;&#२३३५;&#२३२५;

    झापा । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।

    ‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ,’ उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ, यो स्थिति हटाउट सरकारले पहल गर्नुपर्छ ।’ किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । ‘कुखुरा पाल्ने स्थिति नै छैन । के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, उनले भने । बढ्दो ब्याज, महँगीका कारणले देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी किसानहरुले यो प्रतिनिधिमुलक आन्दोलन भएको र यसमा झापाका सबै किसानको समर्थन रहेको बताएका छन् । विर्तामोड नगरपालिका-५ का वडाध्यक्ष राहुल शर्माले भने, ‘स्थानीय कृषकले सडकमा कुखुरा र अण्डा फ्याँकेर प्रदर्शन गरेको भन्ने सुनियो । विरोध भएको चोक वडा ५ र ६ को संगम हो । तर आफूलाई समस्या पर्‍यो भनेर कोही किसान आएका छैनन् ।’

    वडा नम्बर ६ का वडाध्यक्ष रोहित प्रसाइले भने किसानको आन्दोलनबारे आफूलाई कुनै जानकारी नभएको बताए । वडाका कुनै पनि किसानले आफूलाई समस्याबारे नबताएको र आन्दोलनबारेत थाहै नभएको उनको भनाइ छ । ‘ आन्दोलनबारे कुनै जानकारी छैन,’ प्रसाईंले भने, ‘बजार क्षेत्र भएका कारण कसैले बाहिरबाट आएर आन्दोलन गर्‍यो कि ?’ झापाका स्थानीय रोशन बिमलीले पनि बिर्तामोड मुक्ति चोकमा पोल्ट्रिफर्मले उत्पादनले मूल्य नपाएको भन्दै आन्दोलन गरेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले भनेका छन्, ‘आफूले उत्पादन गरेको कुखुरा र अण्डा कृषकहरुलाई सरकारले सही मूल्य र बजारको व्यवस्थान नहुनु नेपाली किसानको दूर्भाग्य हो ।’ केही दिन अघि चितवनका किसानले पनि बजार नपाएको भन्दै तरकारी सडकमा पोखेर आन्दोलन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं