SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२३ गते
    ६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

    अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् । नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी एमालेमै रहँदा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं