SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१३ गते
    ३२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त छ ।उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाए । त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् ।

    आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । त्यहाँबाट पुनः आफ्नै वस्तीमा फर्किएर उनीहरुले प्रदर्शन जारी राखे । अहिले उनीहरुले मेयर बालेन विरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुमध्‍ये केही सुकुम्वासी माइतीघर मण्डलामा सडकमै ब्‍यानर राखेर अनसनमा बसेका छन् ।

    एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो । एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र अशान्त छ । यो क्षेत्रमा करिब ५ हजार सुकुम्वासीको जनसंख्या रहेको अनुमान छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं