SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१ गते
    ३३३ &#२३४६;&#२३३५;&#२३२५;

    धनगढी । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए । उनकाअनुसार मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका-५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

    दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

    महाकालीमा बढ्यो जलस्तर

    अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ ।डीएसपी शाहकाअनुसार नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    शहिद हरिदत्त तिवारीको स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

    पर्वत । पर्वतका शहिद हरिदत्त तिवारीको स्मृति दिवसको अवसरमा आगामी माघ १ गते विभिन्न कार्यक्रम...

    भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

    लेखनाथ । पुष १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो...

    पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

    पोखरा । पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं