काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन् । बालेनको स्थापितसंग ४ हजार २३८ मतान्तर हो ।
यसअघिको सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए । यो अवस्था हेर्दा बालेनले मत परिणाम सार्वजनिक गरेपिच्चे मतान्तर बढाइरहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३२० मत प्राप्त गरेकी छन्।
उता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छन् । आफ्ना प्रतिद्वन्द्वीलाई उनले ५ हजार भन्दा बढीले पछि पारेकी छन् । उनले हालसम्म ७ हजार ८३० मत प्राप्त गरेकी छन्।