काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा औंल्याएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने बताए ।
‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन् । हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भने । संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ । ‘एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?,’ देउवाको प्रश्न छ ।