SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२६ गते
    ७१२ &#२३४६;&#२३३५;&#२३२५;

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा विजयी गराउनुपर्ने दोहोर्‍याएका छन् ।

    सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी र लोकतान्त्रिक शक्तिको मिलन भनी परिभाषित गरे ।

    ‘हामी बामपन्थी र लोकतान्त्रिक पार्टीले झगडा गर्दाखेरि देश र जनताले दुःख पाएका छन् । हामीले आपसमा समझदारी गर्दा देशका समस्या सामाधान भएका छन्,’ उनले भने, ‘त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनलाई जिताउन जरुरी छ ।’

    उनले आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई लक्षित गर्दै एकथरी मान्छेले छोरीलाई जितायो भने दुर्घटना हुन्छ भनेर प्रचण्डले भनेको भन्दै गतल टिप्पणी गरिरहेको बताए ।

    ‘छोरीलाई जितायो भने दुर्घटना हुन्छ भन्यो भनेर एकथरी मान्छेहरुले हुँदा नहुँदा फत्तुर लगाएका छन् तर हामीलाई जनताप्रति विश्वास छ,’ उनले भने, ‘गठबन्धनले जित्यो भने देश नयाँ युगतिर जान्छ । दुर्घटनाबाट जोगिन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पशुपतिनाथमा दामोदर

    शिशिर उजाड,पोखरा ।पोखरा ८ सिमलचौरमा रहेको पशुपतिनाथ मन्दिरको तेह्रौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न...

    व्यवहारिक र जीवनउपयोगी शिक्षा, आजको आवश्यकता : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुु कुमार थापाले व्यवहारिक र...

    समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको स्मृतिमा पत्रकार सम्मान तथा बक्तृत्वकला प्रतियोगिता

    पर्वत। समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न...

    लेखनाथ महोत्सव अन्र्तगत चित्रकला प्रतियोगिता सम्पन्न

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं