SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१७ गते
    ६४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार दलले आशंका व्यक्त गरिरहेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धन अझ एकताबद्ध भएर जाने बताएका हुन् ।

    बिहीबार रिपोर्टस क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताएका हुन् । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताए । गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए ।

    प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा द्विमत छैन । हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ । उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकताबद्ध रूपमा अघि बढाउने छौँ । गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि । हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ ।’

    प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको पनि बताए । प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुस्ख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

    तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा...

    नेपाल तारा माविले उचाल्यो बिहादीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल...

    कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु,उद्योग तथा पर्यटन मन्त्री बस्याल द्धरा उद्घाटन

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव...

    नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा केसी

    पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन...

    दाताको सहयोगमा माछापुच्छ्रेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं