SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१३ गते
    ६०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (एमाले)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे उपयुक्त समयमा निर्णय लिने स्पष्ट पारेको छ । विहीबार नयाँ बानेश्वस्थित संसद भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीबारे उपयुक्त समयमा निर्णय लिने स्पष्ट पारेका हुन् ।

    उक्त छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीलाई एमसीसीको विषयमा जिज्ञासा राखेका थिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले अध्यक्ष ओलीले एमसीसीबारे उपयुक्त समयमा निर्णय लिने जानकारी दिएको जनाएका हुन् ।

    अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भनेका छन्, ‘माओवादी अध्यक्षलगायतका नेताहरुसँग सकारात्मक छलफल भयो । तर, एमसीसीबारे उपयुक्त समयमा मात्र निष्कर्षमा पुग्छौं ।’

    उक्त छलफमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन्, भने एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं