SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२० गते
    १६१८ &#२३४६;&#२३३५;&#२३२५;

    नारायण विश्वकर्मा–मुक्तकको उन्नयन र श्रीबृद्धिका निम्ती क्रियाशील सस्था मुक्तक मञ्चले पछिल्लो समय देश तथा परदेशमा रहेका मुक्तककारलाई एकतावद्ध गर्दै शाखा निर्माण अभियान तीब्र बनाएको छ ।

    यसै क्रममा बुधबार स्याङजामा शाखा उद्घाटन तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
    ‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने मूल उद्धोषलाई आत्मा साथ लामो समय देखि मुक्तकको विकासका निम्ति लागि परेको मञ्चले स्याङ्जामा उदयराज भण्डारीको नेतृत्वमा १७ सदस्य कार्यसमितिको गठन गरिएको छ ।

    नवगठित मुक्तक मञ्च स्याङ्जा शाखाको अध्यक्षमा उदयराज भण्डारी, उपाध्यक्ष गीता पाठक, सचिवमा नारायण बिश्वकर्मा ‘आक्रोस’ कोषाध्यक्षमा वविन पाठक, सह–सचिवमा कला भण्डारी, सह–सचिवमा कमल भण्डारी, सह–कोषाध्यक्षमा सपना न्यौपाने, सदस्यहरु
    इन्द्र ढुङ्गाना ‘तिलस्मी’, नयन ढुङ्गाना, कुशल भुसाल, महेन्द्र सापकोटा, लक्ष्मी बस्याल, नविना अधिकारी, अमृता थापामगर, अजित काफ्ले, सुरेश चापागाईं, ओम प्रकाश पोखरेल, आरती कुवर लगाएत छन् ।

    त्यस्तै पाठ्यक्रममा मुक्तक समावेश अभियान समिति स्याङ्जा पनि गठन गरिएको छ ।
    जसको संयोजकमा एस.पी.असफल, सचिवमा कल्पना भुसाल ‘कल्पित’ सुशिल अर्याल, महेन्द्र सापकोटा, अमृता पोखरेल, कुशल पोखरेल, भावना लामिछाने लगाएत छन् ।
    लेखन शशक्त रुपमा अगाडि बढेको मुक्तक चुतुष्पदिय मानक भएको अग्रज मुक्तककार पोखरेली अल्पविरामले बताएका थिए । उनले मुक्तक पाठ्यक्रममा समावेश हुनुपनेमा पनि जोड दिए ।

    त्यस्तै प्रगतिशील लेखक रुपिन्द्र प्रभाविको सैद्धान्तिक पक्षमा आधुनिकीकरण र मुक्तक सशक्त लेखिनु पर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा तिन दर्जन सर्जकले रोज्जा मुक्तक सुनाए ।

    कार्यक्रम भर्चुअल माध्यमबाट भएको थियो जसको अध्यक्षता केन्द्रीय अध्यक्ष रामजी प्रसाद आचार्यले गरेका थियो ।
    स्वागत मन्तव्य केन्द्रीय सचिव श्रीराम अधिकारी गोर्जे र सञ्चालन पाठ्यक्रममा मुक्तक समावेश अभियानका सचिव नविन भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं