SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१३ गते
    ७११ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।

    अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताए ।

    उम्मेदवारी दर्ताकै आधारमा कोको भए निर्विरोध ?

    मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।

    मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी ।

    दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

    पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा ।

    श्रमिक

    खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

    महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

    उपत्यका विशेष

    खुला : माधव ढुंगेल

    महिला : विनाकुमारी श्रेष्ठ

    सम्पर्क समन्वय

    खुला : नरेन्द्र श्रेष्ठ

    प्रदेश १

    महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

    प्रदेश २

    खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

    महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

    बाग्मती

    महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का

    गण्डकी

    खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

    महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

    लुम्बिनी

    खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

    महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

    कर्णाली

    महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं