SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/५ गते
    ६२० &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कपिलवस्तु, कृष्णनगर
    नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ।  कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिका को वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ। कृष्णानगर नगरपालिका मधेशी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रुपमा उभारिएको छ।

    नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश समिती सचिवालय सदस्य रुद्र लाला बन्जाडे कपिलवस्तु जिल्ला समितीका सल्लाहकार थानेश्वर खनाल नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथी तथा निर्वाचन प्रमुखहरुको उपस्थितीमा कृष्णानगर नपाका आठ वटा वडा सम्मेलन सम्पन्न भयेको छ। वडा सम्मेलन गर्नाको लागि केन्द्र ले दिएको निर्देशकों पुर्ण पालना गर्दै हामीले पनि कृष्णानगरको आठ वटा वडा सम्मेलन भव्य रुपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो।

    समाजवादको यात्रा पुरा गर्न जनताको तह देखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका नयां क्रान्तिकारी विचार र नया क्रान्तिकारी पार्टी निर्माण गरौ भन्नै नारा समेत तय गरेको छ। र आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चश्व देखाउने बताउनु आफुहरुको पक्षमा मधेशी जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भयेकाले सबैलाई गोलबन्ध भयेर लाग्ने आग्रह सचिवालय सदस्य रुद्रलाल बन्जाडेले गरेका छन।

    उक्त कार्यक्रममा प्रवक्ता नेपालीले माओवादी केन्द्रले मधेशकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे बताउँदै केही अवसरवादी र पुँजीवादीकाे नेतृत्वले गर्दा मधेशमा विकासले फड्को मार्न नसकेकाे दाबी गर्नुभयो ।

    कृष्णनगर नगरपालिका भित्रा माओवादी केन्द्र ले ३ वटा वडामा जीत हासिल गरेको थियो ति वडाहरुराई अवसरवादी हरुसंग बचाएर जनताले माओवादी केन्द्र लाई दिएको थियो र आज सब भन्दा बढ़ी बिकास ति ३ वडाहरुमा मात्रै भयेको छ।

    केही नेताले मधेशकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै, जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे नभाँचेकाे बताउदै वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भक्तों सबै कामरेडहरु लाई हृदय देखि धन्यवाद व्यक्त नेपाली ले गरेका थिए।

    कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओली सचिव गणेश प्रसाद बन्जाडे प्रवक्ता मौलाना मशहुद ख़ां नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १५२८ संगठित सदस्यता नवीकरण गरि शनिवार वडा सम्मेलन सम्पन्न ग्रेटा छन।

    इन्चार्ज केशर ओली को अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण वडा सम्मेलन देखि केन्द्रीय अधिवेशन सम्माको लागि तैयार गरेको नया निती नियम तथा अनलाईन‌ नवीकरण प्रणाली प्रशंसनीय रहेको छ। तर कृष्णानगरमा प्राविधीक समस्या र हामी संग कम समय रहेको कारणले हामीले सोचेको जति सदस्यता नवीकरण हुनसकेको छैन।

    कृष्णनगरमा हजार भन्दा बढ़ी सदस्य ल्याउने तैयारी रहेको थियो। अहिले पनि सात सय बन्दा बढ़ी सदस्यहरुको आवेदन फार्म आनलाईन गर्ना छुटेको बताउदै वडा सम्मेलन भव्य सभ्यरुपमा सफल गर्नाको लागि खटेका नेता कार्यकर्ता भोलेन्टीयर तथा शुभ चिन्तकहरु लाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं