SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/५ गते
    ६०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

    नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् । ‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ उनले भनेका छन् ।

    युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

    उनले शान्ति प्रक्रियाको मामिला सरकारको मात्र नभई राज्यकै हो भन्दै यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको पनि बताए । ‘…र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं’ उनले भनेका छन् ।

    प्रचण्डले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट टुंगोमा पुर्‍याउने पनि बताएका छन् । अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयक परिमार्जन गर्ने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्ने प्रचण्डको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं