जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।
उसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको छ । त्यसका लागि हालका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिइसकेको प्रदेश सरकार निकट स्रोतको दावी छ ।