SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२९ गते
    ७२३ &#२३४६;&#२३३५;&#२३२५;

    , काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।

    प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

    साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । खाल भन्छिन्, ‘निर्मला कुर्मी घटनाको छिटोभन्दा छिटो सुरुदेखि अनुसन्धान गरी सत्य, तथ्य सार्वजनिक गरियोस् ।’

    जिल्ला प्रहरी कार्यालय, बाँकेले चाहिँ घटनामा संलग्न ७ जना पक्राउ परिसकेको बताउँदै बादशाहलाई समात्न कानूनी आधार नभएको बताएको छ । उनी पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं