SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१७ गते
    ७५६ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, | विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ ।

    मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ ।नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्दै चाइनाको विस्तार नीतिले नेपाल को भूभाग समेत खतरा रहेको बताउनु भएको छ ।

    कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भै गरेका कार्यलाई जसपाले निगरानि गर्ने आवश्यक रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ ।

    साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पुरीले बताउनुभयो ।पार्टीको निर्देशन अनुसार सो शुद्धिकरण तथा जनजागरण अभियान अन्र्तगत पार्टी भित्र रहेका निस्कृय दोढारे चरित्र पार्टी प्रति बेवास्ता गर्नेलाई पाखा लगाई नयां तरिकाले अगाडि बढ्ने कार्यक्रमको मुल उद्देश्य रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्त राम तेलीले बताउनु भएको छ ।

    कार्यक्रममा प्रदेश सदस्य रहिस खाँ,ज.स.पा नेता राज कुमार चौधरी,यूवा नेता वजरङगी गुप्ता,विजनलाल श्रीवास्तव,कैलस चौधरी,वृजराज चौधरी,वार्ड नं.१का सभापति राजकुमार भुज, वार्ड नं.२ का उपसभापति तुलसीराम भर, वार्ड नं.३ का सभापति अब्दुल गनी, वार्ड नं.४ का सभापति जिवनलाल तिवारी, वार्ड नं.५ का सभापति शिवनारायण तेलीको उपस्थिति रहेको थियो ।

    गाउँपालिकाका जसपा पार्टी अध्यक्ष राज कुमार भुजको अध्यक्षता विजयनगर गाउँपालिकाको जसपा नेपाल वडा इकाइ कमिटी सदस्य अशोक कुमार कलावारको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं