SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१७ गते
    ८०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुट्टा कमाएनन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरे । मध्यमार्गी नेता नेपाल ओलीको पेलाईमा परे । अन्तमा असह्य भएपछि विद्रोह गरे ।

    नेपाललाई विद्रोहका लागि सुरुमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले साथ दिएका थिए । उनीहरु कुनै हालतमा ओलीलाई हटाउनुपर्ने नसके विद्रोह गर्नुपर्ने भन्दै लागे । नेकपा हुँदा रावल, भुसाल, पाण्डे र भट्टराई ओलीविरुद्ध निकै खनिएका थिए । भट्टराई तत्कालीन नेकपाको ओलीविरोधी समूहको प्रवक्ता नै बनाइए ।

    जब नेकपा एमाले ब्युँतियो तब रावल, भुसाल, पाण्डे र भट्टराईको आवाज मथ्थर हुँदै गयो । पाण्डे मौनप्रायः बसे । रावल पनि मथ्थर बन्न थाले । भट्टराई त भित्र भित्र ओलीसँग मिलिसकेका थिए । माधव नेपाललाई पार्टी फुटाउन हुन्न भन्न थाले । अन्तमा माधव नेपालले कायरहरु भन्दै विद्रोह गरे । माधव नेपालले धोका दिएको भने ।

    तर, माधव नेपालको साथ छाड्नेहरु अहिले एमालेमा झन् कमजोर हुँदै गएका छन् । रावल अपमानित हुन थालेका छन् । उनको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज खोसिइसकेको छ । पाण्डे निरिह सावित भएका छन् । भुसाल बेला बेलामा असहमति प्रकट गर्छन् मात्र ।

    ओलीले पार्टीमा झन् प्रभाव बढाएका छन् । उनकै योजना अनुसार विधान अधिवेशन आजबाट सुरु हुँदैछ । विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत केन्द्रीय सदस्यको संख्या र चयन प्रक्रियाबारे टुंगो लगाउने तयारी भएको छ । यी सबै ओली शक्तिशाली बन्ने अभिप्रायले भएको छ । ओलीका सामु कोही बोल्न नसक्ने अवस्था बनेको छ । नीतिभन्दा नेता प्रधान बन्न थालेको छ एमाले ।

    यसअघि विधान महाधिवेशनको प्रतिनिधि ३ हजारसम्म हुने भनिएकोमा ५ हजार पुग्ने भएको छ । यसलाई अर्थपूर्ण मानिएको छ । एमालेमा ७ प्रदेशमा ७ जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । केन्द्रमै उपाध्यक्ष तोकेर प्रदेशको समेत इञ्चार्ज दिने गरिएकोमा फरक तरिका अपनाउन लागिएको छ । यो एमालेमा अहिले ओलीइतर समूहमा रहेका उपाध्यक्षहरुलाई लक्षित गरी बनाइएको देखिन्छ । उनीहरु प्रदेशस्तरमा खुम्चाइने देखिएको छ ।

    ओलीले १० बुँदे सहमति हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारेका छन् । यसबारे स्थायी कमिटी बैठकमा छलफल चलेको छ । तर, माओवादीबाट आएकाहरुको व्यवस्थापनलाई समेत ध्यानमा दिएर हुबहु कार्यान्वयन नगर्ने ओलीको अडान छ । यो कदमले सुदूरपश्चिममा इञ्चार्ज रहेका भीम रावलको ठाउँमा लेखराज भट्ट नै कायम रहने निश्चितप्रायः भएको छ । बागमतीमा रामबहादुर थापा बादल नै कायम हुने देखिएको छ ।

    एमालेमा विगतमा माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत पेलाईमा परेका छन् । उनीहरु ओलीलाई १० बुँदे हुबहु कार्यान्वयनमा दबाब बढाइरहेका छन् । ओलीले १० बुँदे हुबहु कार्यान्वयन नगरे रावलसहितका नेताहरुले कस्तो कदम चाल्ने हुन् ? चासो बनेको छ । तर, उनीहरु एमाले छाड्न पनि सक्दैनन् त्यहाँ बलियो बन्न पनि सक्दैनन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं