SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१ गते
    ५६७ &#२३४६;&#२३३५;&#२३२५;

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउत लाई आर्थिक सहयोग गरियोको छ।

    विभिन्न सामाजिक सञ्जाल बाट यसै जिल्लाको ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाज सेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफना साथीहरु र दाजु प्रमोद पटेलको मदतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन्।

    आर्यान सुरज राउतले आफनो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब खरेल (काठमाण्डौ) नितेश मेहता (पर्सा), संजय कु.मंडल (जनकपुर), युषण श्रेष्ठ (काठमाण्डौ), सेकेंद्र जैस्वाल (बारा), जगदीश महतो (सर्लाही), चंद्र तमाङ (काठमाण्डौ) संतोष यादव (सर्लाही), अमित यादव (रौतहट), राहुल कुशवाहा (बारा), दिव्या तिवारी (पर्सा), अनिल जैस्वाल (सर्लाही), आदेश यादव (रौतहट), र त्यस्तै मुरारी कुशवाह (बारा), आदि सहयोगमा यो रकम जुटाएका र पिडित पत्रकारलाई सहयाेग गरेका छन् ई.सुरज राउत ले बताए।

    ई. आर्यान सुरज राउत पहिला देखिनै अती बिपन अ-असहाय परिवारहरुलाई आफनो क्लब मार्फत सहयाेग गर्दै आएका र सर्लाही जिल्लाको प्रमोद पटेलले आफनो जिल्लामा पिडित परिवारहरुलाई बेला बखत आर्थिक सहयोग गर्दै आएको कुरा ई आर्यान सुरज राउतले ताजा पत्र लाई जानकारी गराएका छन्।

    पिडित पत्रकार रामपुकार राउतले यो विशेष आर्थिक सहयोग पाउँदा ई. आर्यान सुरज राउत प्रमोद पटेल लगायत अन्य समाज सेबी साथीहरूलाई बिशेष धन्यवाद ब्यक्त गरेको कुरा ताज पात्रलाई जानकारी गराएका छन्।

    पीडित पत्रकार रामपुकार राउतले खुसी भई आर्यन सुरज राउत र प्रमोद पटेल लगायत उहाँ का सम्पूर्ण टीम लाई विशेष धन्यवाद दिएका छन्।

    यसै क्रममा हामिले सुरज राउत सँग कुराकानी गर्दा वहाँ र वहाँको समाजसेवी साथीहरुले आगामी दिनमा पनि अ-सहाय गरीब दुःखित परिवारहरुलाई सहयाेग गर्ने कुरा ताज पात्रलाई जानकारी गराए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं