SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२६ गते
    १४५८ &#२३४६;&#२३३५;&#२३२५;

    सचिन्द्र श्रेष्ठ | करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन यसरी ‘भन्ने गीतले पुनः नया भर्सनमा आज बाट बजारमा आएको छ।

    पहिलो एल्बममा समाबेश गीत ‘किन यसरी बिना अर्थ’,जब तारा गनेर लगायतका गीतलाई धेरै नै रूचाईएको थियो। २०६५ सालमा ‘निर्वाण एण्ड म्यूजिक लिंक २’ मा समाबेश गित तिमी र म, यो माया त्यो माया गीत चर्चित बन्यो र उनले तेस्रो एल्बम ‘निर्वाण एण्ड म्यूजिक लिंक ३’ नाम दिएर २०७० सालमा प्रेम पत्र, हारेको मुर्दा जीबन जस्ता गीत समाबेश गर्दै निर्बाण एण्ड म्यूजिक लिंकले “ब्रोदरहूड स्टिल इन म्यूजिक’नामक चौथो एल्बम पनि निकालिसकेको छ ।

    २० बर्ष अगाडि सम्पुर्ण युवाहरुको जनजिब्रोमा झुन्डिएको गीतलाई पुनः निकालेर नया प्रबिधी,संगीत संयोजन फरक स्वाद तरिकाले दर्शक सामु ल्याउन लागिएको प्रमोदले बताए।

    चर्चित गायक ,कंपोजर एबं शब्द संकलन समेत प्रमोद निर्वाणको रहेको उक्त गीतलाई फिमेल भर्सनमा सरला बी.सी.ले नया फेभरमा साथ दिएकी छिन। लामो समयपछि निकालिएको हुदा फेरी पनि सबैको मन मस्तिष्कमा ताजा बस्न सकिने प्रमोद बताउँछन्।

    दर्जनौ चर्चित गीतहरुमा अभिनय गरेका सागर लमसाल बले ,शिक्षा संग्रौला, कुशल बिस्ट र संजीता पान्डेयको अभिनय देख्न सकिन्छ।बुद्द थापाको उत्कृष्ट भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन।

    गोल्डेन मड क्रिएशनको ‘किन यसरी’ लाई बले इंटरटेन्मेंटको यूट्यूब च्यानल बाट सार्बजनिक गरिएको छ।केहि समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ” का निर्देशक निकेश खडकाको नै रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं