SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/६ गते
    ६४६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु | कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समुहको उदय भएको बताए ।

    कपिलबस्तु महाराजगंजमा नगरपालिका ७ समयमातापुरम मन्दिरको धर्मशालामा सम्पन्न स्वतन्त्र राजनितिक समुहको शुभचिंतकहरुको भेटघाट कार्यक्रम प्रमुखअतिथिकाे रूपमा बाेल्दा हिजाे ब्यक्त गरेका हुन् ।

    त्यस क्रमा उनले थप भने -संसद पुनर्स्थापना गर्ने कुरा अदालतकाे आधिकार कार्य क्षेत्रमा छ तर अदालतले व्यक्तिलाई नै ताेकेर प्रधानमन्त्री बनाउनु भन्ने कुरा अदालतकाे कार्यक्षेत्र भित्र पर्दैन। संसदकाे अधिकार माथि अतिक्रमण भएको छ । संसदले मात्र प्रधानमन्त्री बनाउन सक्छ ।
    विस्तारै विस्तार संविधान नै खतरामा गइरहेको राष्ट्रको राजनीति घटनाले पुष्टि गरि रहेको उल्लेख गर्दै उनले देशको राजनीतिक अवस्था विचलित रहेको हालको सरकार पनि जिम्मेवारी पुरा गर्न नसक्दै सांसद विघटन गरि वैशाख सम्ममा तिनै तहको निर्वाचन समेत हुन सक्ने अवस्था रहेको पनि कुरा उठाए।

    मैले आज पनि मधेशी जनताको हक अधिकारका कुरा नबिर्सेको दर्ता हुने नया पार्टीले मधेश तथा किसानहरुको हक अधिकारको लागि प्रमुख उद्देश्य राखि काम गर्ने छ ।

    कार्यक्रमका विशिष्ट अतिथि पुर्व मंत्री मिश्राले जनतालाई सम्बोधन गर्दै भने आफु मंत्री हुदा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण गाउको सड़क निर्माण स्तरोन्नती र बाटो पिचको काम गरे । आफु यो क्षेत्रका जनताको सेवकको रुपमा रहेको र म चुनावमा पराजित भये पनि जनताको हित र क्षेत्रको विकासमा माननीय हृदेश त्रिपाठीको सहयोगमा यसक्षेत्रमा १३ करोड़को रकम जनताका लागि ल्याएको बताउदै आफु सधै यस क्षेत्रका जनताको मनभावना बुझने हरेक सम्भव कोशिश गरेर विकास गर्ने कुरा बताउदै आउने चुनावमा जनताले मूल्यांक गर्ने छ ।

    गोबर्धन मौर्याको अध्यक्षता तथा कार्यक्रममा, स्वतंन्त्र राजनितिक समुहका नवलपरासी संयोजक राधेश्याम उपाध्यय रामनरेश उपाध्याय अतिथिमा विनोद ठाकुर नरेन्द्र चौधरी,सुदामा कुशहवा पनि रहेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथिलाई नेता तथा अभिनेता श्याम कुमार मिश्राको अगुवाइमा प्रेम शंकर शुक्ला लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमीहरुले स्वागत गरेका थिए।

    कार्यक्रममा डां भानु त्रिपाठी, दुर्गेश त्रिपाठी,देवेंद्र चौधरी, हरद्वार चौधरी, रामप्रित यादव,ब्रम्हा विश्वकर्मा,परमेश्वरी दयाल मिश्रा, इन्द्रजीत यादव,चिन्नीलाल कुर्मी, शमा मुसलमान,गोली केवट,पंचराम कहार, रामवतार बराइ,श्रावण कुमार चौधरी लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमी,विकासप्रेमी, स्वतंन्त्र राजनितिक समुहका शुभचिंतक पत्रकार सुरक्षाकर्मी लगायतहरुको उपस्थिती रहेको थियो।कार्यक्रम संचालन राजकुमार चौधरीले गर्नु भयो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं