SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/४ गते
    ६८२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले नेकपा एमालेका १४ जना सांसदमाथि कारबाही गर्न नसक्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वासको मत लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रीय कमिटी कुनैमा पनि निर्णय नभएको उनले बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै डा. देवकोटाले दलीय व्यवस्थामा हरेक निर्णय राजनीतिक दलभित्र हुनुपर्ने तर १४ जना सांसदमाथि गरिएको कारबाही प्रतिसोध साँधने उद्देश्यबाट प्रेरित भएको उनले टिप्पणी गरेका छन् ।

    संविधानको अघिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा स्वतः निष्क्रिय हुने बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘…. ७६(२) को प्रयोजनका लागि सोधिएको स्पष्टीकरणलाई थाँती राखी ७६(३) र ७६(५)लाई क्रियाशील गराइएको छ । यति मात्र होइन संसद विघटन गरिएको छ ।

    स्पष्टीकरण सोधिएका सांसदहरुकै हस्ताक्षरका कारण संसद पुनर्स्थापना भइसकेको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वासको मत पाएको छ । यति धेरै घटनाक्रम विकास भइसकेको अवस्थामा अब पछाडि फर्किएर धारा ७६(२)मा सहयोग नगरेको आधारमा कारबाही गर भन्न मिल्छ ?’

    उनले तथ्य र प्रमाणविना प्रतिसोध साँध्न लेखिएको चिठीको आधारमा सभामुखले कारबाही गर्न नमिल्ने धारणा राखेका छन् । यसका लागि सभामुखमाथि दबाब दिनु विधिको शासनभित्र नपर्ने समेत उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं