SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/१ गते
    ६५९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ता गर्ने संकेत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।

    आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए ।

    नेता नेपालका अनुसार २८ फाुगनदेखि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्ने तथा नयाँ निर्णयहरु नगर्ने र अहिलेसम्म भएका सहमतिहरु पालना गर्ने गरी थप सहमति गर्ने भुसालको प्रस्ताव थियो । त्यसमा आफूले सहमति दिएपछि भुसाल, अध्यक्ष ओलीलाई भेट्न गएको भन्दै नेता नेपालले भने, ‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ ।’

    ओलीले जालझेल मात्र गरेको र सहमति पनि पालना नगरेको भन्दै उनले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो ।’

    अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका छन् । नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छट, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं