SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१८ गते
    ६४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ ।

    एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमध्ये २०३ सदस्य रहेका छन् । १०२ बनाएर केपी शर्मा ओलीलाई अध्यक्षबाटलाई हटाउने रणनीतिका साथ नेपाल पक्ष लागेको छ । त्यसैले पार्टी फुटाउने दबाब आफ्नै पक्षका नेताहरुबाट परिरहेपनि उनी मानिरहेका छैनन् । धैर्य गर्न भनिरहेका छन् ।

    माधव नेपालले एमाले एकताका लागि विभिन्न सर्त राख्दा ओली अध्यक्षबाट हट्नुपर्ने या अध्यक्षमण्डल बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव समेत राखेका थिए । तर, ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएर एकताको सम्भावना कमजोर बनाइदिए । यसले ओली र नेपालबीचको टकरावलमा दुईमध्ये एक नेता एमालेमा नरहने निश्चितप्रायः भएको छ ।

    माधव नेपाल एमाले फुटाउन तयार नहुने र ओलीले नेपाललाई स्थान छैन भनेबाट अब केन्द्रीय कमिटीमा जस्को पकड बलियो हुन्छ उसैले एकले अर्कोलाई हटाउने निश्चितप्रायः छ । यी दुईमध्ये एक एमालेबाट हट्ने या कुनै एकले नयाँ पार्टी खोल्नेबाहेक दोस्रो पुस्ता नेतृत्वमा पुग्ने विकल्पमा मात्र एमालेको विवाद टुंगिने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं