SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१८ गते
    ११५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकै अप्ठेरोमा परे पछि अब एमालेमै जाने मनस्थितीमा पुगेका छन् । त्यसका लागि आइतवार उनले बानेश्वर स्थित अर्याल होटलमा आफु पक्षका नेताहरुलाई बैठकका लागि बोलाएका छन् । एमाले एकता कायम राख्न दोस्रो पक्षले गरेको पहलका कारण उनी अप्ठेरोमा परेका हुन् ।

    देउवा सरकारमा सहभागी हुन आग्रहका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग उनले आफु एमालेमै मिल्न जान लागेको बताएका छन् । मन्त्रालय भागबण्डाबारे छलफल गर्न भन्दै आइतवार उनी कोटेश्वर स्थित नेपाल निवास पुगेका थिए । प्रचण्डलाई नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिएका छन् ।

    नेता नेपाललाई भेटेर पार्टीको स्थायी कमिटी बैठकमा पुगेका प्रचण्डले त्यहाँ त्यस्तो ब्रिफिङ्ग गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले केपी ओलीसंग मिल्ने मनस्थितिमा पुगेको बताएका थिए । नेता नेपालको यस्तो कुराले प्रचण्डले बैठकमा अब फेरी मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने अवस्था बनेको पनि बताएका थिए ।

    ‘उहाँ (माधव) पार्टीमा अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,आफ्नै समूहका नेताहरुले धोका दिएका कारण केपीसँग मिल्नुपर्ने बाध्यता बनेको देखियो । उहाँले एमालेमै जाने टुंगोमा पुगेको बताउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । नेता नेपालको भनाईवाट प्रचण्डले आइतवार साँझसम्ममा एकताका पक्षमा ठोस निर्णय आउनसक्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं