SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    ६४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।

    देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रिले अनसनमा बसेका हुन्। जिल्ला आन्दोलन परिचालन समिति पर्वतका संयोजक तथा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीका अनुसार शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउनको लागि चौथो चरणको आन्दोलनअन्तर्गत अनसनमा बसेका हुन्।

    गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, राहत, साविकको उच्च मावि र बाल कक्षाका शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलाग्ने गरी आन्तरिक/खुला प्रतियोगितामार्फत स्थायी गरिनुपर्ने, स्थायी शिक्षकलाई हरेक १० वर्षमा एक तह आवधिक बढुवाको प्रबन्ध हुनुपर्ने शिक्षकहरूको माग छ।

    यस्तै‚ निजी विद्यालयमा कार्यरत शिक्षक तथा सामुदायिक विद्यालयमा निजी स्रोतमा काम गरिरहेका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्ने, प्राविधिक ग्रेडको व्यवस्था हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था हुनुपर्ने, महिला शिक्षकलाई सुत्केरी बिदा ६ महिना दिनुपर्ने र त्यो अवधिमा विद्यालयले सट्टा शिक्षक राख्न पाउनुपर्ने, शिक्षक सेवा आयोगमा तत्कालै पदाधिकारी नियुक्त गर्नुपर्ने, सबै शिक्षकले कोरोनाविरुद्धको खोप नपाएका कारण सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने लगायतका मागहरू पनि आफ्ना ३४ बुँदे माग पत्रमा समेटिएको अनसनमा रहेका शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले बताए।

    आन्दोलन परिचालन समिति पर्वतका संयोजक भण्डारीका अनुसार पहिलो चरणमा गत वैशाख २० गते आन्दोलन भएको थियो। चरणवद्ध रूपमा आन्दोलन गर्दा पनि मागको विषयमा सुनुवाइ गर्न सरकार गम्भीर नभएकाले चौथो चरणमा समन्वय इकाईमा दुई महिला र तीन पुरुष गरेर पाँचजना शिक्षक तथा स्थानीय तहमा एक महिला र दुई पुरुष गरेर तीन जनाले पालैपालो अनसन बसिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं