SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१५ गते
    १४१६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत | पर्वत जिल्ला बिहादी गा.पा. २ न वडा वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य आजवाट शुभारम्भ भएको छ | कार्यक्रमकों शुभ आरम्भ बिहादी गा.पा. अध्यक्ष श्री कमल प्रसाद भुसाल र बिहादी २ का वडा अध्यक्ष श्री ओम प्रसाद कुवर ज्युले गर्नु भएको छ |

    ६ महिना अगाडी नै टेन्डर छनोट भैसकेको उक्त कार्यको निर्माण गर्ने जिम्मा भयाली बाबुरत्न जे.वि. कन्स्ट्रक्सन प्रा.ली. ले लिएको छ | यस प्रा.लि. का कोअर्डिनेटर नवराज सिंजालले १६ महिना भित्रमा काम सम्पन्न हुने बताउनु भयो |

    उक्त कार्यक्रममा वडा सदस्य तथा जग्गा दाता श्री डोलिन्द्र गिरिले कृषकहरुलाई मर्का नपर्ने गरि समयमै काम सम्पन्न गर्नुपर्ने बताउनु भयो त्यसै गरी उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओम प्रसाद कुवरले यस १५ शैया प्राथमिक अस्पताल बर्राचौरमा ल्याउनका लागि आफुलाई सहयोग गर्ने सम्पूर्ण टिमहरु प्रति र जग्गा दाताहरु प्रति आवार ब्यक्त गर्नुभयो |

    सो कार्यक्रममा प्रमुख अथिति एवं बिहादी गा.पा. का अध्यक्ष श्री कमल प्रसाद भुसालले सम्पूर्ण जग्गा दाताहरुलाई धन्यवाद दिदै बिहादिका लागि एतिहासिक दिनमा थालनी भएको काम समयमा सम्पन्न गर्न जुन कुनै कसुर पनि बाकि नराख्ने कुरा ब्यक्त गर्नु भयो | उक्त कार्यक्रमको संचालन बर्राचौर स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले गर्नुभएको थियो |

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं