SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२ गते
    ५९४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।पूर्व पदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण भएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । समितिले एक महिनादेखि गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

    समिति सदस्य घिमिरेले सिन्धुपाल्चोकका नेता मोहन बस्नेतको निर्देशनमा आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।सदस्यता विवादबारे छलफल गर्न भन्दै आएका सिन्धुपाल्चोकका केही युवाहरुले आफूमाथि हातपात गरेको घिमिरेको भनाइ छ । सिन्धुपाल्चोकमा राप्रपाबाट आएका भनिएका १२ सय क्रियाशील सदस्यको नाममा विवाद भएको हो । समितिले सिन्धुपाल्चोकमा नयाँ र अन्य पार्टीबाट समायोजनपछि आएका क्रियाशील सदस्यता स्थगन गर्दै १४ औं महाधिवेशनमा पुरानैलाई मान्यता दिने तयारी गरेको हो ।

    नयाँ क्रियाशील सदस्य र राप्रपाबाट समायोजन भई आएकाको क्रियाशील सदस्यता स्थगन गरेको आरोप लगाउँदै कार्यर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं