SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    ६३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो ।

    एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना कमजोर भएको हो ।

    स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् । २८ असारमा सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटन अगावै एमालेभित्र सहमतिको प्रयास भइरहेको छ ।रिपोटस नेपालबाट साभार गरीएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    विन्ध्यवासिनी माविमा रक्तदान हुने

    शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं...

    पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया

    पर्वत। पर्वतका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं