SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२६ गते
    ८५० &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा । निषेधाज्ञामा महंगो भाडा असुलेर गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।‘काठमाडौंबाट आउने माइक्रोले गोरखा जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला भनेर फेसबुकमै राखेर यात्रु बोकेर ल्याएको रहेछ,’ एसपी शेखर खनालले भने, ‘विशेष सूचनाको आधारमा हामीले माइक्रोलाई मझुवाबाट नियन्त्रणमा लिएका हौं ।’ यात्रुसँग महँगो भाडा असुल गरेको समेत खुल्न आएको उनले बताए ।

    त्यस्तै गोरखाबाट काठमाडौ यात्रु लादै गरेको माइक्रोलाइ बाह्र किलोबाट नियन्त्रणमा लिइएको एसपी खनालले जानकारी दिए । ‘यात्रुसँग एक÷एक हजार भाडा लिएर काठमाडौं जान लागेको रहेछ, हामीले नियन्त्रणमा लियौं,’ उनले भने ।उनीहरुलाई निषेधाज्ञा उल्लघंन गरेको कसुरमा कारवाही हुने उनले बताए । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर उनीहरुले दोब्बरभन्दा धेरै असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

    प्रहरीलाई यसरी झुक्याउछन् माइक्रोले

    गोरखामा सार्वजनिक सवारी जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर पनि चालकहरु यात्रु बोकेर जिल्लाभित्र बाहिर गरिरहेका छन् । तनहुँबाट गोरखा भित्रिने मझुवा नाकामा सशस्त्र र जनपथ प्रहरी खटाएर चेकजाँच गरेपनि यात्रु बोकेर अन्य जिल्लामा सवारीहरु जान छाडेका छैनन् । एसपी शेखर खनालका अनुसार मर्मतको बहाना बनाएर उनीहरु तनहुँ छिर्ने र त्यहाँबाट यात्रु ओसारेर काठमाडौं, चितवनलगायतका ठाउँमा जाने गरेका छन् ।‘यात्रु जति मझुवामा झार्ने, हिँडाएर पारी पठाउने, अनि गाडी बनाउनु छ भनेर रित्तै तनहुँको आँबुखैरेनी जाने अनि त्यहाँबाट फेरि यात्रुलाई राखेर जाने गर्दा रहेछन्, अब त्यसमा हामीले कडाइ गर्छाै,’ उनले भने । गाडी मर्मतको बाहना बनाउनेलाई साँझमा मात्र पठाउने व्यवस्था गरिने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं