SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१५ गते
    ११३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पुन यूवा क्लव पर्वतले ३९ औँ मगर दिवशको अवसरमा आयोजना गरेको दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा गरेको छ । महोत्सवका लागि आवश्यक स्टल निर्माण, खेलकुदको मैदान निर्माण, मञ्च निर्माण, विभिन्न खालका आयोजक समिति परिचालन, प्रचारप्रसार र निमन्त्रणा लगायतका व्यवस्थापकिय कार्यहरु लगभग पुरा भएको हो आयोजकले महोत्सवको अहिले सम्मको तयारी र महोत्सव अवधिभर हुने मूख्य कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ ।

    पुन यूवा क्लवका अध्यक्ष कृष्ण पुनले पत्रकार सम्मेलनमा दोस्रो राष्ट्रिय मगर महोत्सवमा २ सय स्टल बुकिङ भएको जानकारी दिनुभयो । खुल्ला पुरुस भलिवलमा १० देखि १२ टोलि आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मगरहरुको सांस्कृतिक नृत्यका ४ टोलि दर्ता भएको जानकारी दिईएको छ ।बिधालय स्तरिय प्रतियोगितामा १० टोलि सहभागिताका लागि दर्ता भैसकेको पुनले बताउनुभयो

    उहाँले महोत्सवमा सुरक्षाको लागि प्रसासन संग निरन्तर छलफल गरि आवश्यक व्यवस्था भैसकेको बताउनुभयो । कार्यक्रम स्थलमा सुरक्षाका लागि ८ वटा सिसि क्यामेरा जडान गरिएको पनि पुनले बताउनुभयो । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सव स्थलमा ड्रममा पानी र साबुनको व्यवस्था गरिने भएको छ ।महोत्सव प्रबेशका लागि सर्वसाधारणलाई ८० रुपैयाँ को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाईलो खेल सहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् ।

    राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवका आकर्षण हुन । ।स्थानिय खानाका परिकार खुवाउने गरि खानाको स्टल समेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ ब्यबस्थापन हुने भएको छ । । मगर महोत्सवको साँसद पदम गिरीले उद्घाटन गर्ने र प्रत्येक दिन विशिष्ठ व्याक्तिहरुलाई अतिथीको रुपमा आमन्त्रण गरेर कार्यक्रम सञ्चालन गर्दै जाने तयारी रहेको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं