SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/५ गते
    ८६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले विभिन्न विवादले चर्चा पाएको छ । कलाकारहरु एक पछि अर्को विवादित बन्दै गएका छन् । लकडाउनको समयमा घरमै फुर्सदिलो समय विताएका कलाकार सामाजिक सञ्जालमा गरिएका टिप्पणीका कारण विवादित हुने गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक तथा फिल्म निर्मााता भुवन केसीबीचको विवाद साम्य हुन नपाउँदै फेरी अर्को विवाद सुरु भएको छ । त्यो विवाद नायक राजेश हमाललाई दिएको महानायक सम्मानका विषयमा हो । एउटा टेलिभिजन अन्तरवार्तामा हाँस्य कलाकार तथा फिल्म निर्माता दिपाश्री निरौलाले राजेश हमाललाई महानायक पदको विषयमा प्रश्न उठाएपछि विवाद सुरु भएको हो ।

    उनले अहिले पनि राजेश दाई हुनुहुन्छ र ? भन्दै उनको महानायक पदवी माथी प्रश्न उठाएकी थिइन् । अन्तरवार्ताका क्रममा उनले बोलेको सोही कुरा पछि अहिले सामाजिक सञ्जालमा दिपाका बारोम निकै नराम्रा कमेन्ट आइरहेका छन् । उनलाई ब्यक्तिगत रुपमा गाली समेत गरिएको छ । जसका कारण दिपाश्री त’नावमा रहेको बताइएको छ ।

    टेलिभिजन अन्तर्वाताका क्रममा अभिनेता राजेश हमाललाई ‘महानायक हो र ?’ भनेपछि व्यापक आलोचना खेपिरहेकी कलाकार दीपाश्री निरौलाका पक्ष र विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेका हुन् । यसै क्रममा नायिका प्रियंका कार्कीले पनि आफ्नो मत प्रकट गरेकी छन्। नायिका कार्कीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै एउटा गलत बोली वा तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु राम्रो नभएको बताएकी हुन्।

    उनले लेखेकी छन्, चलिरहेको आदरणीय दिपा दिदीको बिवादले हामी सबैको ध्यान आकर्षण भएको छ। यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु। कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार तपाइ सबैमा सुरक्षित छ। चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस।

    वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अ’स्लिल गा’ली, गलौच र चरित्र ह’त्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको च’रित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

    हाम्रो आफन्त, आफ्नै छोरा-छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अ’श्लील गाली गर्छौ र ? गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ? आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन र ? यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध। धेरै माया। प्रियंका कार्की

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं