SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/५ गते
    ७५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि आइतबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरे । पूर्वमाओवादी भनेर बैठक गर्नु उपयुक्त नभए पनि अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्दै प्रचण्डले बैठक सुरु गरेका थिए । पार्टी एकता भएपनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै उनले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए । यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनले बताए । बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टी एकता जोगाउने मात्र होइन, विभाजन गर्न खोज्नेहरुलाई निरत्साहित गर्नुपर्छ भन्नेमा सबैको एकमत छ’ एक नेताले भने । मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् । शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद ९जबज०लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए । त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको थियो । तर आफू सहमत नभएको प्रचण्डले बताए । वैचारिक विषय नटुंग्याई महाधिवेशन गर्दा पदका लागि मात्र गरेको सन्देश जाने उनले बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ’ बैठकमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

    प्रचण्ड निवासमा भएको बैठकमा रामबहादुर थापा बादल र लेखराज भट्ट भने सहभागी थिएनन् । गृहमन्त्री थापाले केही ढिला आउँछु भनेको तर अन्तिमसम्म पनि नआएको एक नेताले भने । भट्ट भने पछिल्लो समय ओली नजिक छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं