सुमन ढकाल, काठमाण्डौ।
सांगितिक बजारमा लोक पाटोमा धेरै नै गितहरु चर्चामै छन्। पछिल्लो समय सालको पात निकै नै भाईरल भयो । नेपाली लोक संगितका हिसावले सालको पात नेपालमा धेरै भ्युज मध्यको गित मानिन्छ। गितको शैली लगाव शब्द स्वर भाका सबैमा मिठासपन छ।
उही गितकार नवराज पन्तको शब्द रचनामा तिज कोशेली ‘शितलु’ बाजरमा आएको छ। यस्तै गितमा सन्चारकर्मी तथा गायिका मोडल शित्तल शर्माको आवाज रहेको छ। प्रकाश पराजुली र शित्तल शर्माको आवाजमा लाई भाका प्रकाश पराजुलीले जोडेका छन्। गितको भिडियो पनि राम्रो बनेको आकलन गरिएको छ दर्शक स्रोताले मनमा राखेर सुन्नेछन।
भिडियोमा सिवन पोख्रेल,गरिमा शर्मा, निरु खड्का, शित्तल शर्मा ,प्रकाश पराजुली,रविन लामिछाने,खेम नेपाली,गोमा न्यौपाने, सुस्मा लामिछाने ,अरोस भुसालको भुमिका रहेको देख्न सकिन्छ। भिडियोम करन चैसिरको छायांकन मनोज कार्कीको सम्पादन भने मौसम हिमालीको निर्देशन रहेको छ।
भिडियो यस्तो छ: